मुख्‍य पृष्‍ठ

काममा नलग्‍ने विश्‍वास मरेको हो

मेरा भाइ हो, यदि कोही मानिसले ''मसित विश्‍वास छ'' भन्‍छ, तर कामचाहिँ गर्दैन भने, यसबाट के लाभ? के त्‍यसको विश्‍वासले त्‍यसलाई बचाउन सक्‍छ र? यदि कोही भाइ वा बहिनी झुत्रे-झाम्रे छ, र त्‍यसलाई दिनहुँको भोजनको अपुग छ, र तिमीहरूमध्‍ये कसैले त्‍यसलाई, ''शान्‍तिसँग जाऊ, न्‍यानो गरी बस, पेटभरि खाऊ'' मात्र भन्‍छ, तर त्‍यसको शरीरलाई चाहिने कुराहरूचाहिँ दिँदैन भने, त्‍यसबाट के लाभ हुन्‍छ र? यसरी विश्‍वास पनि काममा प्रकट हुदैन भने त्‍यो विश्‍वास मृत हो। तर कसैले भन्‍ला, ''तिमीसित विश्‍वास छ, मेराचाहिँ कामहरू छन्।'' कामविनाको तिम्रो विश्‍वास मलाई देखाऊ, र मैले गरेको काम द्वारा म आफ्‍नो विश्‍वास तिमीलाई देखाउनेछु। तिमीहरू विश्‍वास गर्दछौ कि परमेश्‍वर एउटै हुनुहुन्‍छ। त्‍यो असल हो। भूतात्‍माहरू पनि विश्‍वास गर्छन् र थरथर काम्‍छन्।

 

मनके आवाज Manke Aawaj प्रभुक दु:ख रोजल डगर जाटिक डगर Jaatik dagar