याकूबको खण्‍ड

कठिनाइहरु सहनुपर्छ

मेरा भाइ हो, तिमीहरूमाथि विभिन्‍न किसिमका आपत्-विपत् आइपर्दा तिनलाई पूरा आनन्‍दको कुरा सम्‍झ। किनकि तिमीहरू जान्‍दछौं, तिमीहरूका विश्‍वासको जाँचले धैर्य उत्‍पन्‍न गराउँछ। धैर्यलाई त्‍यसको पूरा काम गर्न देओ, ताकि तिमीहरूमा कुनै कुराको अभाव नभएर तिमीहरू परिपक्‍व र पूर्ण होओ। तर यदि तिमीहरूमध्‍ये कसैलाई बुद्धिको अभाव छ भने उदार-चित्तसँग नझर्की दिनुहुने परमेश्‍वरलाई त्‍यसले मागोस्, र त्‍यसलाई त्‍यो दिइनेछ। तर त्‍यसले कत्ति पनि शङ्का नगरी विश्‍वाससाथ मागोस्। शङ्का गर्नेचाहिँ बतासले उचाल्‍दै पछार्दैगर्ने समुद्रका छालसमान हुनेछ। त्‍यस्‍तो मानिसले यो नसम्‍झोस्, कि उसले प्रभुबाट केही पाउनेछ। किनकि दोहोरो मन भएको मानिस उसका सबै चालचलनमा अस्‍थिर हुन्‍छ।